सरकार गैरजिम्मेवार र निरङ्कुश बनेको ढुङ्गानाको आरोप
ratopati.com · Mon Sep 21 12:32:21 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले संसद्लाई जानकारी नदिई एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।
भोटेकोशी बाढीपछि सर्वदलीय बैठक आह्वान गर्ने प्रतिबद्धता पूरा गर्न सरकार चुकेको भन्दै उनले आक्रोश व्यक्त गरे। प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिए पनि राष्ट्रिय सभालाई उपेक्षा गरेको आरोप उनले लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)