‘शान्ति र लोकतन्त्र एक अर्काका परिपूरक’
gorkhapatraonline.com · Mon Sep 21 12:34:42 GMT 2026

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति र लोकतन्त्र एक अर्काका परिपूरक भएको बताउनुभएको छ। ४५ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा गोरखापत्र अनलाइनसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रवक्ता डा. पोखरेलले लोकतन्त्रलाई मजबुत र संस्थागत बनाउने सबैभन्दा उपयोगी तथा प्रभावकारी उपाय शान्ति भएको धारणा राख्नुभयो ।
प्रवक्ता डा. पोखरेलले राजनीतिक र सामाजिक द्वन्द्वले समाजमा अशान्ति सिर्जना गर्ने स्पष्ट पार्नुभयो। उहाँले दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण समाज स्वतःस्फूर्त रूपमा सक्रिय रहनु पर्ने र राज्यले नागरिकको शान्ति सुरक्षा कायम गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)