कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा
khabarhub.com · Mon Sep 21 12:31:21 GMT 2026

सुनसरी – बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। चार दशकदेखि श्रीलंका टप्पुमा बस्दै आएका माझीको अहिले आफ्नै नाममा जमिन समेत छैन ।
‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, अहिले त्रासमा बस्नुपरेको छ,’ उनले भने, ‘असार महिनादेखि नै कोशीले कटान सुरु गर्यो अहिले पानी परेका बेला कहिले राति उठेर नदीमा ठूलो बाढी पो आएको छ कि भनेर हेर्न जान्छु । बेलुका सुत्न पनि डर लाग्छ, कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)