अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकार सक्रिय, विदेशस्थित १३ राजदूतसँग परराष्ट्रमन्त्रीको छलफल
dcnepal.com · Sat May 15 16:19:55 GMT 2021
काठमाडौं। कोरोना महामारीको भूमरिमा फसेको नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल थालेको छ। सोही सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विदेशस्थित नेपाली राजदूतहरुसँग छलफल गरेका छन्।
परराष्ट्रमन्त्रालयका अनुसार विभिन्न १३ देशस्थित नेपालका राजदूतहरुसँग मन्त्रीले भर्चुअल छलफल गरेका हुन्। सो अवसरमा मन्त्री ज्ञवालील्े राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)