‘बिचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको छ’
ratopati.com · Mon Sep 21 12:36:30 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उपजको आपूर्ति शृङ्खलामा रहेको बिचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको बताएकी छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएकी हुन्।
किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने समस्या समाधानका लागि सरकारले आपूर्ति शृङ्खला सुधार कार्यदल गठन गरी अध्ययन अगाडि बढाएको मन्त्री चौधरीले बताइन् । सांसद रुक्मिणी कोइरालाले किसानले खेतमै टमाटरको उचित मूल्य नपाउने तर उपभोक्तासम्म आइपुग्दा भाउ तेब्बर हुने अवस्थाबारे मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)