मेलौली नपाका प्रवेशस्थलमा हेल्थडेस्क स्थापना गरिने
abhiyandaily.com
बैतडी (अस) । बैतडीको मेलौली नगरपालिकाले दुई ठाउँमा हेल्थडेस्क स्थापना गर्ने भएको छ । तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वतयारीमा जुटिरहेको नगरपालिकाले नगरका दुई प्रवेशस्थलमा हेल्थडेस्क स्थापना गर्न लागेको हो ।
नगरपालिकाको प्रवेशद्वारको रूपमा रहेको वडा नं २ को सलेना र वडा नं ७ को मर्छलेमा हेल्थडेस्क स्थापना गर्नेछ । नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नगरभित्र कोरोना फैलिन नदिन दुई ठाउँमा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)