करेन्ट लागेर एकको मृत्यु
gorkhapatraonline.com · Mon Sep 21 12:45:35 GMT 2026

झापाको बिर्तामोड नगरपालिका –२ मा करेन्ट लगाएर माछा मार्दा एकजना वृद्धको ज्यान गएको छ । सोमवार दिउँसो १ः३० बजे बिर्तामोड वडा २ बेलडाँगीस्थित घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा सोही ठाउँ बस्ने ६२ वर्षीय मोहन मुर्मुको मृत्यु भएको हो ।
एक्लै करेन्ट लगाइ माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलामा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)