डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी
khabarhub.com · Mon Sep 21 12:49:41 GMT 2026

तेह्रथुम – रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक सागसब्जी खेती गर्दै आएकी छन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)