गुगलको अर्को ठूलो हार्डवेयर १० प्रो एक्सएल लन्च हुनुअघि पूर्ण डिजाइनको खुलासा
barnanmedia.com · Mon Aug 11 21:50:46 GMT 2025

गुगलको अर्को ठूलो हार्डवेयर शोकेस हुनका लागि केही हप्ता मात्र बाँकी रहेको छ। यसै क्रममा पिक्सेल १० प्रो एक्सएल लन्च हुनुअघि डिभाइसको पूर्ण डिजाइनको बारेमा खुलासा भएको छ। नयाँ लीकले कम्पनीको आगामी फ्ल्यागशिपको डिजाइन पूर्ण रूपमा देखाउँदै अहिलेसम्मकै स्पष्ट रूप प्रदान गरेको छ।
विनफ्यूचरद्वारा साझा गरिएका तस्बिरहरूले पिक्सेल १० प्रो एक्सएललाई मुनस्टोन र ओब्सिडियन गरी दुई फिनिशहरूमा प्रस्तुत गरेको छ। यस डिभाइसमा फ्ल्यास र टेम्प्रेचर सेन्सरको साथ पिल–सेप्ड ट्रिपल क्यामरा बार राखिएको छ भने झलक्क हेर्दा गत वर्षको पिक्सेल ९ प्रो एक्सएल वा सानो पिक्सेल १० प्रो जस्तै देखिने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)