नुवाकोटमा ३० उमेदवार कायम, महिला एकजना मात्र
baahrakhari.com · Fri Jan 23 16:58:39 GMT 2026

त्रिशूली (नुवाकोट) । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उमेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उमेदवार कायम भएका छन् । उमेदवारी फिर्ताको अवधिमा शुक्रबार (माघ ९) एकजना उमेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० उमेदवार कायम भएको हो ।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार, मनोनयन दर्ता गराएकामध्ये क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उमेदवार रजमान तामाङले नाम फिर्ता लिए । एकजनाको मनोनयन फिर्ता भएसँगै निर्वाचन क्षेत्र नं २ मा १२ जना उमेदवार कायम रहेका छन् । यस्तै, क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका १८ जना सबै उमेदवार कायम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)