टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द
corporatenepal.com · Mon Sep 21 12:46:59 GMT 2026

टोकियो । टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो। आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)