मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तुका डरले बसाइँसराइ

ratopati.com · Wed May 13 23:26:32 GMT 2026

बझाङ । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशु चौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन् ।

बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका १० वटा वडा, बाजुराको छेडेदह गाउँपालिकाका दुई वडा, अछामको साँफेबगर नगरपालिकाका छ वडा, डोटीका सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका छ वटा वडा गरी खप्तड फेदीका पाँच गाउँपालिका र एक नगरपालिकाका कुल २४ वटा वडाका बासिन्दाले यस्तै समस्या भोग्नु परेको छ । यहाँ मानव— वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढ्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)