रोहितको फिल्ममा पल र जस्सीतालाई निर्देशन गर्दै दीपेन्द्र लामा
kalakarmi.com · Mon Sep 21 13:20:54 GMT 2026

काठमाडौं– निर्माता रोहित अधिकारीले आफ्नो ब्यानर रोहित अधिकारी फिल्म्समार्फत नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मका लागि अभिनेता पल शाह तथा अभिनेत्री जस्सीता गुरुङको जोडी तय भएको छ । निर्माता अधिकारीले पल शाहलाई लिएर निर्माण गर्न लागेको फिल्ममा अभिनेत्रीका रूपमा जस्सीता गुरुङसँग सोमवार सम्झौता गरेका हुन् ।
फिल्म निर्देशनका लागि निर्देशक दिपेन्द्र लामासँग पनि सोमवार नै सम्झौता गरिएको रोहित अधिकारी फिल्म्सले जनाएको छ । यसअघि अभिनेता पल शाहसँग मौखिक सहमति भइसकेको निर्माता रोहित अधिकारीले बताएका छन् । अब पल शाह तथा जस्सीता गुरुङ पहिलो पटक जोडीका रूपमा पर्दामा देखिने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)