ओली र सिटौलालाई चुनौती बन्दै राप्रपा
ekantipur.com · Sat May 21 18:01:38 GMT 2022
बिर्तामोड — गृहजिल्ला भएकाले एमाले अध्यक्ष केपी ओली प्रायः झापा आइरहन्छन् । दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, गौरादह, गौरीगन्जलगायत स्थानका सभामा उनी सहभागी भइरहन्छन् । तर, यसपालि एउटा सभा अलि फरक ठाउँमा गरियो । वैशाख २० मा एमालेले पहिलो पटक ओलीको उपस्थितिमा जिल्लाको देहाती गाउँ गोलधाप बजारमा चुनावी सभा आयोजना गर्यो ।
गोलधापमा सभा आयोजना गर्नुको एउटै ध्येय थियो, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । ओलीले सोहीबमोजिम भाषण पनि गरे । लिङ्देन विकासप्रेमी नेता नभएको भन्दै गोलधापवासीलाई ओलीले दुई–चार उदाहरण नै सुनाए । हल्दिबारी गाउँपालिका–१ मा पर्ने गोलधाप बजारदेखि करिब तीन सय मिटर दक्षिणमा लिङ्देनको घर छ । जिल्लाका १५ स्थानीय तहमध्ये विशेष प्राथमिकतामा राखेर ओली गोलधाप पुगे पनि एमालेले हल्दिबारीमा जित्न सकेन । अघिल्लो चुनावमा उपाध्यक्षसहित बहुमत जितेको एमाले यसपल्ट एउटा वडामा खुम्चियो । राप्रपाले हल्दिबारीमा अध्यक्ष–उपाध्यक्षसहित बहुमत जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)