कोशीका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व, शेखरको क्षेत्रमा अझै भएन अधिवेशन
ratopati.com · Mon Sep 21 13:27:21 GMT 2026

विराटनगर । नेपाली कांग्रेसले जारी १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व चयन गरेको जनाएको छ ।
केही स्थानमा निर्वाचन भए पनि मोरङ क्षेत्र नम्बर ६ बाहेक प्रदेशका अन्य सबै वडाहरूमा अधिवेशन सम्पन्न भइसकेको नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिए । मोरङको निर्वाचन क्षेत्र नं ६ भने कांग्रेस नेता डाक्टर शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा क्रियाशील सदस्यताको विवादको कारण अधिवेशन सम्पन्न हुन नसकेको हो । डाक्टर कोइराला भने यो अधिवेशनमा सहभागी छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)