दशौँ राष्ट्रिय खेलकुद- कर्णालीमा जिल्लास्तरीय छनोट अघि बढ्यो
baahrakhari.com · Mon Sep 21 13:27:25 GMT 2026
सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनौट अघि बढेेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमवार एक सूचना जारी गर्दै परिषद्को २४औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारीस्वरूप जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो प्रतियोगिताका लागि प्रदेशबाट सहभागी हुने खेलाडी छनोट गर्न परिषद्ले असोज १२ देखि २२ गतेसम्म विभिन्न जिल्लामा छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको सदस्यसचिव रविन्द चन्दले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)