उच्च लयमा मेस्सी, मैदानमा दनादन गोल
nepalviews.com · Sun Jun 28 04:41:30 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन् । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनमाथि ३-१ गोलअन्तरको जित हात पार्दा मेस्सीले एक गोल गरे । उनले जारी विश्वकपका तीनवटा खेलमा ह्याट्रिकसहित ६ गोल गरिसकेका छन् । गोल्डेन बुटको दौडमा आफूलाई सबैभन्दा माथि राखेका छन् ।
खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)