मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

annapurnapost.com · Mon Sep 21 13:36:12 GMT 2026

काठमाडौं : हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

उनीहरुलाई 'बाउमा कन्एक्सपो इन्डिया २०२६' को जेसीबी प्याभिलियनमा सम्मान गरिएको थियो, जहाँ जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरुको प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे। जेसीबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशूली ३ 'ए' साइटमा लगातार धेरै दिन काम गरेका थिए। , जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)