समाज बदल्दै पूर्वकमलरी
nepalnews.com · Mon Sep 21 13:34:48 GMT 2026

कैलाली। गौरीगंगा नगरपालिका-११ ऐठा गाउँकी राधिका देवी चौधरीले बाल्यकाल निकै कठिन अवस्थामा बिताइन्। मालिकको घरमा कमलरी बसेकै कारण उनले स्कुलको पाइला टेक्नसमेत पाइनन्। सानैदेखि घरायसी काममै उनको दिनचर्या बित्यो।
कमलरी जीवनपछि पनि उनको संघर्ष रोकिएन। पारिवारिक आर्थिक समस्याबीच सानै उमेरमा कमैया परिवारमा विवाह भयो। २ साउन २०५७ मा सरकारले कमैया प्रथामा बन्देज लगाउँदै कमैया मुक्तिको घोषणा गरेपछि उनका श्रीमान् रोजगारीका लागि भारत जान थाले। राधिका भने गाउँमै प्रौढ कक्षा पढ्न थालिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)