बिहीबारदेखि स्थानीय तहको निर्वाचनको लागि दल दर्ता शुरु
hamrakura.com · Wed Feb 16 00:00:00 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो ।
बैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ गते बिहीबारदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)