सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर
khabarhub.com · Mon Sep 21 13:50:58 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णयलाई सदर गरेको छ। गत वर्षको साउनमा राहदानी विभागले जर्मन संस्था म्युहलबाउर आइडी सर्भिससँग प्याकेज १ र भेरिडाससँग प्याकेज २ को ठेक्का सम्झौतामा हस्ताक्षर गरेको थियो ।
उक्त प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी फ्रान्सेली फर्म आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटीले सार्वजनिक खरिद अनुगमन कार्यालय हुँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइडिमियाका तीनवटै रिट निवेदन खारेज गर्दै जर्मन कम्पनीलाई ठेक्का दिने निर्णय सही ठहर्याएपछि यो कानुनी विवाद साम्य भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)