राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा
khabarhub.com · Mon Sep 21 13:59:12 GMT 2026

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन सोमबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू न्यूयोर्क आइपुगेको जानकारी दिएकी हुन् ।
रोड्रिगेजको महासभामा सहभागिता सन् २०१८ मा तत्कालीन राष्ट्रपति निकोलस मादुरो सहभागी भएयता भेनेजुएलाका राष्ट्रप्रमुखको पहिलो सहभागिता हो। मादुरोलाई जनवरीमा अमेरिकी सैन्य कारबाहीका क्रममा पक्राउ गरी अमेरिका लगिएको थियो। उनी हाल न्यूयोर्कस्थित सङ्घीय जेलमा लागूऔषध तस्करीलगायत आरोपमा मुद्दाको सुनुवाइ पर्खिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)