भदौमा घरजग्गा कारोबारबाट तीन अर्ब ९१ करोड राजस्व संकलन
nepalsamaya.com · Mon Sep 21 14:08:34 GMT 2026

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८३/०८४ को भदौमा देशभर घरजग्गा कारोबारबाट तीन अर्ब ९१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरण अनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो। भदौमा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर (सीजीटी) को रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)