पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य
ratopati.com · Wed May 13 23:34:26 GMT 2026

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् ।
फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)