गुल्जार सगरमाथा आधारशिविर
ekantipur.com · Sat May 11 00:27:25 UTC 2024

(सगरमाथा आधारशिविर) — समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ ।
‘सगरमाथाको चुचुरोमा पुग्न निकै उत्साहित छु,’ सगरमाथा समिटका लागि आधारशिविर आइपुगेकी भारत, अरुणाचलकी काभा ज्ञानुले कान्तिपुरसँग भनिन्, ‘अहिले म त्यही दिनको व्यग्र पर्खाइमा छु ।’ यस सिजन सगरमाथा आरोहणका लागि काभा जस्ता ४ सय १४ जनाले आरोहण अनुमति लिएका छन् । जसमा अधिकांश यतिबेला सगरमाथा उकालो लाग्ने उत्तम समयको पर्खाइमा आधारशिविरमा क्याम्प लगाएर बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)