मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युक्रेनको विश्वकप सपना जिउँदै

ekantipur.com · Thu Jun 02 00:45:29 GMT 2022

ग्लास्को — युक्रेनले आफ्नो विश्वकप छनोटको सम्भावना कायम राख्दै बुधबार प्लेअफ सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले हराएको छ । विश्वकप छनोटबाट एक जितको टाढा पुगेको युक्रेनले आफ्नो देशमाथि रुसले गरेको सैनिक आक्रमण गरेयता पहिलो पटक औपचारिक प्रतिस्पर्धात्मक खेल खेलेको हो ।

युक्रेनका लागि आन्द्री यारमोलेन्को, रोमन यारेमचुक र आर्टेम डोभबयकले गोल गरे । अब प्लेअफ फाइनलमा युक्रेनले आइतबार वेल्सको सामना गर्नेछ । मार्चमा हुनु पर्ने खेल युक्रेनमाथि रुसको आक्रमणपछि अहिलेका लागि सारिएको थियो । युक्रेनले स्कटल्यान्डविरुद्ध सुरुमै उतारेका छ खेलाडी आफ्नै देशका क्लबमा आबद्ध थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)