मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

Ujyaaloonline.com · Sat May 11 00:27:17 UTC 2024

काठमाण्डौ – यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)