माओवादीको नाममा चन्दा असुलेको आरोपमा दुई जना पक्राउ
annapurnapost.com · Mon Sep 21 14:20:22 GMT 2026

गोरखा : नेकपा(माओवादी) को कार्यकर्ता हौं भन्दै चन्दा असुली गर्ने दुई जना पक्राउ परेका छन्। डर, धाक, धम्की दिँदै चन्दा असुली गर्दै गरेको अवस्थामा सहिदलखन गाउँपालिका–१ बक्राङबाट दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
ज्यान लिनेसम्मको भाषा प्रयोग गरी चन्दा असुली गर्ने पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मिक्लाजुङ गाउँपालिका –९ मोरङका ३८ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनीहरु सहिदलखन गाउँपालिका–१ खहरेटोलको रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसंग चन्दा असुली गर्दै गरेको अवस्थामा सोमबार दिउसो पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)