चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन
thahakhabar.com
काठमाडौं : चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन नियुक्त भएका छन्। यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि जुन रक्षामन्त्री नियुक्त भएका हुन्।
६२ वर्षीय दोङ पूर्वनौसेना कमाण्डर हुन्। उनको नियुक्तिको घोषणा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा गरिएको हो। गत जुलाईमा चिनियाँ विदेशमन्त्री चिन काङ पनि हटाइएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)