ओलीको नेतृत्वमा एमाले असफल भएको घामझैँ छर्लङ्ग छ : राजेन्द्र राई
nepalpress.com · Mon Sep 21 14:53:15 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले असफल भइसकेको बताएका छन् । सोमबार संसद बैठकबाट निस्किएपछि सञ्चारकर्मीसँग कुराकानीको क्रममा सांसद राईले चुनावी परिणामले नै पार्टीको अवस्था प्रस्ट पारिसकेको बताए ।
अध्यक्ष ओलीको नेतृत्वमा एमाले असफल भएको हो कि होइन भनी पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘सफल र असफल भएको कुरा त घामझैँ छर्लङ्ग छ नि, यसमा मैले के बोल्नुपर्छ र ? सबै जनता र तपाईंहरूले देखेकै कुरा हो, यसलाई थप हाइलाइट गरिरहनु आवश्यक छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)