धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा
ratopati.com · Mon Sep 21 14:57:30 GMT 2026

धनगढी । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त स्थानमा नयाँ भवन निर्माण गरी आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत स्थानान्तरण गरेको छ। अब सोही भवनबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्रवाह हुनेछन्। यस नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको कुल शाखा संख्या १५ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)