गौशाला क्षेत्रमा सार्वजनिक शान्ति भङ्ग गरेको आरोपमा १४ जनामाथि मुद्दा
nepalpress.com · Mon Sep 21 15:00:55 GMT 2026

काठमाडौँ । काठमाडौँको गौशाला क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको आशङ्कामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित सार्वजनिक स्थल तथा सडक क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई लागूऔषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने, दुःख–हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)