पुँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित, दीर्घकालीन लगानीकर्ताले अब ३.७५ प्रतिशत तिर्नुपर्ने
arthasansar.com · Mon Sep 21 15:15:51 GMT 2026

भदौ ३१ गतेको मिति राखेर प्रकाशित राजपत्रमा सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने करको दर घटाएको उल्लेख छ। यससँगै दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकर ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत कायम भएको छ।
यसअघि सेयर कारोबारमा दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। सरकारले करको दर घटाउने निर्णय गरेपछि अब नयाँ दर लागू हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)