सर्लाहीमा स्यालको आक्रमणबाट १० जना घाइते
ratopati.com · Mon Sep 21 15:05:23 GMT 2026

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय स्यालको आक्रमण बढेको छ। नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते बनाउने क्रम बढेको हो।
वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार पछिल्लो २० दिनमा स्यालको टोकाइबाट नगरपालिकाका विभिन्न क्षेत्रमा १० जना घाइते भएका छन्। गएको शुक्रबार साँझ मात्रै एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको थियो। हालसम्म तीन दर्जनभन्दा बढी पशु चौपाया पनि घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)