सप्तकोशीको कटान : श्रीलङ्का टप्पुका बासिन्दा सधैँ त्रासमा
lokaantar.com

सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षेनी त्रासमा बाँच्न बाध्य छन्। नदीको कटानले स्थानीयले खेतीयोग्य जमिन गुमाउँदै गएका छन् भने कतिपय परिवार विस्थापित भएका छन्।
चार दशकदेखि श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। अहिले उनको नाममा जमिनसमेत छैन। कोशी जुनसुकै बेला बस्तीमा पस्न सक्ने भएकाले राति पनि डराएर बस्नुपर्ने अवस्था रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)