बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल मर्मत सम्पन्न
barnanmedia.com · Mon Sep 21 15:21:11 GMT 2026

नुवाकोटको बेलकोटगढी–६ स्थित बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत सम्पन्न भएको छ ।
पुलमा लठ्ठा सिध्याउने, लठ्ठाको झुकाइ मिलाउने, हात समात्ने तार परिवर्तन तथा नयाँ फलामे पाता र धरहरा जडानको काम पूरा भएको हो। जाली राखेपछि दुई दिनभित्र पुलबाट आवतजावत सञ्चालनमा आउने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)