मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले बनाए अर्को गोलको कीर्तिमान

ekantipur.com · Sun Mar 13 00:59:01 GMT 2022

लन्डन — क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरको सपना पनि जीवन्त भएको छ । रोनाल्डोले पछिल्ला १० खेलमा गोल गरेका थिएनन् ।

तर उनले टोटनहमविरुद्ध तीन सुन्दर गोल गरे र फिफाको अभिलेख अनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ । यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि यो सर्वाधिक बढी गोल हो । यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)