तेह्रथुमको बीटीएफसीलाई फुटबल उपाधि
ekantipur.com · Sat Feb 03 16:51:07 GMT 2024
सुनसरी — कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भगिमान तुम्बाहाम्फे फुटबल क्लब (बीटीएफसी) तेह्रथुमले जितेको छ । इटहरीमा शनिबार भएको फाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बीटीएफसीले उपाधि जितेको हो ।
उपाधिसँगै बीटीएफसीले नगद २ लाख २२ हजार रुपैयाँ हात पारेको छ । उपविजेता धनकुटाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)