कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन मंगलबार पनि
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन मंगलबार पनि चल्ने भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार गरी दुई दिन समय तोकेको भए पनि समयमै अधिवेशन पूरा गर्न नसकेकाहरूले सोमबार पनि अधिवेशन गरे ।
सोमबार अधिवेशन गरेरसमेत नसकिएकाहरूको मंगलबार पनि अधिवेशन हुने भएको हो । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले सम्पन्न हुन बाँकी रहेका वडाहरूमा मंगलबार अधिवेशन हुने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)