किसानलाई स्याउका बिरुवा र बीउ सहयोग
deshsanchar.com · Mon Apr 01 17:15:49 UTC 2024

सिमकोट – बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बीज सहयोग गरिएको छ। बेरोजगारलाई ब्यावसायिक फलफूल खेतीका साथै किसानलाई तरकारी खेती गर्न ती सामग्री निःशुल्क प्रदान गरिएको हो।
सिमकोट गाउँपालिका– २ की किसान जानकी सुनारले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारी बीउ सहयोग उपलब्ध भएको बताईन। उनीले आफूजस्तै छनौटमा परेका किसानले बिरुवा, बीउ र सामाग्री निशुल्क पाएको बताउदै त्यसबाट ब्यावसायीक खेतीतर्फ आफू लागेको बताईन। आफ्नो जग्गामा खाल्डो खनेर तयार पारेपछि स्याउका बिरुवा पाउँदा लगाउन सजिलो भएको भन्दै ती लगाएका बिरुवालाई पानी हाल्न पनि सहज भएको उनको भनाइ छ। किसानहरु सबैलाई ब्यावसायिक फलफूल खेतीका लागि समेत प्रतिबद्धता जनाउन लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)