कसुर ठहर भएको ३८ वर्षपछि अर्कै व्यक्ति पक्राउ
ekantipur.com · Mon Apr 01 17:16:57 UTC 2024

काठमाडौँ, सिन्धुपाल्चोक — एउटाको कसुरमा अरु कसैलाई राज्यले थुन्यो भने के हुन्छ ? विधिशास्त्रको सामान्य नियमले भन्छ– राज्यले निज निर्दोषमाथि अपराध गरेको ठहर्छ । सिन्धुपाल्चोक सिपा गाउँका एक वृद्धविरुद्ध राज्यले हालै यस्तै काम गरेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार उनलाई जेल मुक्त गरेको छ ।
अठ्तिस वर्षअघि मानव बेचबिखन मुद्दामा अदालतले प्रतिवादी काले सार्कीलाई दोषी ठहर गरी कैद सजाय तोकेको थियो । तर, काले सार्की भने फरार थिए । अदालतले पुराना फैसला कार्यान्वयनका लागि सरकारलाई ताकेता गरेपछि प्रहरीले खोजबिन गर्नेक्रममा ७३ वर्षीय कृष्णबहादुर सार्कीलाई पक्रिन पुग्यो गत महिना ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)