बाढी प्रभावितलाई राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरको ‘राइड फर नेपाल’ अभियान
arthasansar.com · Mon Sep 21 15:58:00 GMT 2026

भोटेकाशी बाढी प्रभावितहरुलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत् उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उबरले अन्तराष्ट्रिय सीएसआर फण्डमार्फत् यो सहयोग गर्दैछ ।
उबरका अनुसार उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनस्र्थापनाका काममा उपयोग गरिनेछ । अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक यात्राबापत १० रुपैयाँ र प्रत्येक क्याब यात्राबापत २० रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उबरले आफ्नै तर्फबाट थप रकम योगदान गर्नेछ । यो रकम उबर यात्रु वा चालकबाट कट्टा गरिने छैन । यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविककै रकम प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)