भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति, होटलमा मात्रै १९ अर्ब ५६ करोड
aarthiknews.com

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ। बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका होटल, पर्यटन व्यवसाय, पदमार्ग, यातायात तथा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रारम्भिक प्रतिवेदन सोमबार पर्यटनमन्त्री खड्गराज पौडेललाई बुझाइएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित टोलीले बाढीपहिरोबाट पर्यटन क्षेत्रमा परेको प्रभाव र पुनरुत्थानका लागि आवश्यक कामबारे प्रतिवेदन तयार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)