उपप्रधानमन्त्री श्रेष्ठले गरे महोत्सवको अवलोकन
lokaantar.com · Wed Jan 18 00:03:24 GMT 2023
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चितवन महोत्सवको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार महोत्सव परिसरमा रहेको मेड इन नेपाल परिसर र कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मन्त्री श्रेष्ठलाई महोत्सवमा राखिएका स्टलबारे जानकारी गराए । उनले नेपालमा उत्पादन भएका विभिन्न उत्पादन एवं कृषि उत्पादनबारे उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)