बाढीले बगाएर ल्याएका लकरका धनीलाई सम्पर्कमा आउन प्रहरीको आग्रह
lokaantar.com

भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ।
नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)