गण्डकी प्रदेश सरकारद्वारा दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा
neplays.com
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)