विश्वकपमा भारतविरुद्ध श्रीलंका ५५ रनमा समेटियो, भारत ३०२ रनले विजयी
neplays.com
आइसीसी विश्वकप क्रिकेटमा भारतले एकदमै फराकिलो जित दर्ता गरेको छ । भारतले श्रीलंकालाई ३०२ रनले पराजित गरेको हो । यो सँगै रनका हिसावले भारतले सर्वाधिक धेरै अन्तरको रनमा दोस्रो जितको कीर्तिमान बनाएको छ । जारी विश्वकपमा यसअघि अस्ट्रेलियाले ३०९ रनको अन्तरले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । यो जितसँगै टोली विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । भारतको ७ खेलबाट १४ अंक छ र टोली प्रतियोगितामा अपराजित छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । भारतका लागि शुभमन गिल, विराट कोहली र श्रेयस अय्यरले ८० रनको पारी खेले पनि कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)