मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद्का निर्णय : नेपाल–बेलायत श्रम सम्झौता र जापानी सहायता स्वीकृत

abhiyandaily.com

काठमाडौं (अस) । सरकारले नेपाल र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् । त्यसैगरी सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करीब ३६ करोड ६२ लाख रुपैयाँ बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । सार्वजनिक खरीद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरिएको उनले बताए ।

मन्त्री कार्कीले सकारले एशिया प्यासिफिक ग्रूप अफ मनी लन्ड्रिङको आगामी साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको भ्रमण स्वीकृत गर्ने, मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने, २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने ‘नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट’ विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)