कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु
ratopati.com · Mon Sep 21 17:13:59 GMT 2026

म्याग्दी । एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत् गृह निर्माणस्थलबाट आजदेखि मुख्य सुरुङ जोड्ने ‘अडिट’ सुरुङ निर्माण सुरु गरेको हो । जलविद्युत् आयोजनाको मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई ‘अडिट’ भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)