बालेनको उर्दी : काठमाडौंमा अब तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने
farakdhar.com · Wed Jul 31 17:53:04 UTC 2024

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौंमा अबदेखि तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायत भौतिक संरचना निर्माण गर्न नपाइने जानकारी गराएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत मेयर साहले यस मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनीसमेत दिएका छन् । काठमाडौंका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने उनले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)